नवलपरासी-२ : दुवै प्रदेशसभामा एमाले विजयी



नवलपरासी । दुई निर्वाचन क्षेत्र रहेको नवलपरासी पूर्वको दुवै प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र-२ को (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् ।

श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याएका छन् । यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।


त्यसैगरी (२) मा पाण्डेले १८ हजार आठ सय छ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का गोपाल खनालले १४ हजार सात सय ६१ मत पाएका छन् ।