धनुषाबाट प्रदेसभामा रामसरोज यादव पुनः निर्वाचित



धनुषा । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ को (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपा–एमाले गठबन्धनका उम्मेदवार जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत पाएका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार डा प्रसन्नकुमार झाले सात हजार एक सय ८६ मत प्राप्त गरे ।