’देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?’- मेयर साह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकार माथि प्रश्न उठाएका छन् । गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन भन्दै उनले केन्द्र सरकारविरुद्ध प्रश्न उठाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशमा गृह मन्त्रालय , प्रहरी प्रसासन, शान्ति सुरक्षा छ कि छैन, देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?’


महानगरपालिकाले सोमबार थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा नगर प्रहरीमाथि आक्रमण भएको थियो । सुकुम्बासी बस्तीका बासिन्दाहरू हातहतियार लिएर आन्दोलनमा उत्रिएका थिए । उनीहरूले मार्न र मर्न तयार भएको भन्दै सुकुम्बासी बस्ती हटाउन लागेका मेयर साहलाई समेत मार्ने धम्की दिएका छन्।