दाङ-३ : कांग्रेसका उम्मेदवार गिरीको अग्रता कायमै



दाङ । दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा उनले दुई हजार चारसय ३६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उनीहरुबीच दुई सय ८८ को मतान्तर रहेको छ । अहिलेसम्म छ हजार एक सय ८० मतगणना भएको छ ।


सो क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ३२ मत खसेको थियो । त्यस्तै प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्ली चौधरीले तीन हजार मत प्राप्त गर्नुभएको छ गरेका छन् भने एमालेका उम्मेदवार घनश्याम पाण्डेले दुई हजार पाँच सय ६६ मत प्राप्त गरेका छन् । छ हजार छ सय ५८ मतगणना हुँदा उनीहरुबीचको मतान्तर चार सय २३ रहेको छ ।

दाङ ३ को १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँचसय ७० मत खसेको थियो । दाङ ३ (२) मास्कीको अग्रता दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा गठबन्धनअन्तर्गत नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्की(राजेश)ले दुई हजार आठ सय ५२ मत प्राप्त गरेका छन् भने एमालेका हुकुम बस्नेतले दुई हजार चार सय ८२ मत प्राप्त गरेका छन् ।

हालसम्म छ हजार दुई सय ७७ मत गणना भएको छ । उनीहरुबीचको मतान्तर तीन सय ७० रहेको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार नौ सय ८९ मतदाता रहेकोमा ४९ हजार नौ सय ५० मत खसेको थियो ।