काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको छ । बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो ।
सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । सोमबार दिउँसो सुकुम्बासी बस्तीभित्र प्रहरी छिरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थानीएले ढुंगामुढा गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
उनीहरूले ‘बालेन शाह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौं महानगरपालिका मुर्दावाद’जस्ता नारा लगाउँदै विरोध गरिरहेका छन्