थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडाैँ । नेपालमा थप ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ६४२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४६ तथा एन्टिजेन विधिबाट १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।


यही अवधिमा थप २१ जना काराेना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ९४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।