तोसिमा कार्की र ‘नो, नट अगेन’का मुद्दा एउटै न्यायाधीशको इजलासमा



काठमाडौँ । डा.तोसिमा कार्कीले ललितपुर–३ बाट प्रतिनिधि सभा सदस्यको लागि दिएको उम्मेदवारीको खारेजीको विरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । डा.कार्कीले आयोगले उम्मेदवारी खारेज गरेसँगै सोमबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

निर्वाचन आयोगको निर्णय विरुद्ध कार्कीले दिएको रिट आज न्यायाधीश कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।


त्यसैगरी, फेसबुक पेज र ग्रुप ‘नो, नट अगेन’ माथि कारबाही गर्ने आयोगको निर्णयविरुद्ध परेको रिट पनि उनकै इजलासमा सुनुवाए हुने भएको हो ।