जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही अगाडि



जुम्ला । जुम्लाको एकमात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा चार हजार ४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले दुई हजार ६०० मत प्राप्त गरेका छन् ।

यहाँ राति २ बजेसम्म भएको गणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाणममा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा (कुँवर) ले एक हजार ५० मत पाएका छन् ।


त्यस्तै एमालेका रतननाथ योगीले चार सय ४७ मत प्राप्त गरेका छन् । यहाँ नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ६५ मत प्राप्त गरेका छन् ।