जपान कोस्टारिकासँग १–० गोलले पराजित



काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल हराएको छ । कोस्टारिकाका लागि केशर फुलरले ८१औं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि स्पेनसँग बेइज्जतीपूर्ण हार बेहोरेको कोस्टारिकाले पुनरागमन गर्दै प्रतियोगितामा आफूलाई जीवितै राखेको छ । अघिल्लो खेलमा जर्मनीलाई हराएर उच्च मनोबल बनाएको जापानले आज त्यही लयमा खेल्न सकेन ।


पहिलो खेलमा जर्मनीलाई हराएको जापान दोस्रो खेलमा भने आफैं स्तब्ध हुनुपर्यो । खेल अवधिभर थुप्रै आक्रमण बनेको जापानले त्यसको सदुपयोग गर्न नसक्दा नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन सकेन । यता कोस्टारिकाले भने पहिलो खेलमा ७–० को हारबाट सानदार पुनरागमन गरेको छ ।

यस नतिजाले समूह ई मा भने जर्मनीको सम्भावना खुला भएको छ । समूहमा स्पेन, जापान र कोस्टारिकाको समान ३–३ अंक छ । आज जर्मनीले मध्यरातमा हुने खेलमा स्पेनको सामना गर्नेछ ।