चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार बोस्निया र हर्जेगोभिनाको राष्ट्रपति पदका नयाँ सदस्यको रूपमा जेल्ज्का सिभिजानोभिक, जेल्ज्को कोम्सिक र डेनिस बेसिरोभिकलाई बधाइ ज्ञापन गरेका छन् ।
आफ्नो सन्देशमा राष्ट्रपति सीले हालैका वर्षहरूमा चीन र बोस्निया र हर्जेगोभिनाको बीचको सम्बन्ध ठोस तरिकाले राजनीतिक एवं पारस्परिक विश्वासका साथ अगाडि बढेको र विभिन्न क्षेत्रमा फलदायी रहेको बताएका छन् । उनले साथै सम्बन्ध व्यावहारिक ढङ्गले नै विकितस भएको उल्लेख गरेका छन् ।
राष्ट्रपति सीले चीन र बोस्निया र हर्जेगोभिना बीचको सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र दुई देशबीचको परम्परागत मित्रता र पारस्परिक लाभकारी सहयोगलाई अझ गहिरो बनाउन द्विपक्षीय सम्बन्धलाई उच्च स्तरमा पुर्याईउन आगामी दिनमा नया नेतृत्वसँग सदस्यहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।