चितवन–३ मा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे विजयी



चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पाण्डे ३४ हजार ६६२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बराल १४ हजार ७८९ मत ल्याएर तेस्रो भइन् । त्यस्तै स्वतन्त्र उम्मेदवार दिनेश कोइरलाको १२ हजार ५७ मत आएको छ ।