चितवन २ मा रवि लामिछानेको अग्रता



चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।

कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् ।


पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेल दोश्रो स्थानमा झरेका छन् । उनले ३ हजार ८७९ मत पाएका छन् । त्यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।