चितवन–२ मा रवि लामिछानेको अग्रता कायमै, १५ सय बढी मतले पछि परे एमालेका पोखरेल



चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले ६ हजार ७६ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार ४९२ मत पाउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ९५६ मत प्राप्त गरेका छन् । एमालेका पोखरेल रास्वपा सभापति लामिछानेभन्दा १ हजार ५८४ मतले पछि छन् ।


गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ भने एमालेका पोखरेलभन्दा पनि पाँचसय भन्दा बढी मतले पछाडि छन् ।