चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा एक सय तीन मतदाता

dgfª # dªl;/ M dgfªsf] lª:ofª ufpFkflnsfdf lgjf{rgsf nflu vl6Psf] ;z:q k|x/L an . tl:a/ M ;f}hGo ;z:q k|x/L an,/f;;


मनाङ । हिमाली जिल्ला मनाङमा मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि मतदान केन्द्र तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

मुलुककै कम मतदाता रहेको मनाङको सबैभन्दा उचाइमा रहेको मतदान केन्द्र मतदानका लागि तयार भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । “मनाङको सबैभन्दा बढी उचाइ (४,२०० मिटर)मा रहेको नार गाउँको मतदान केन्द्र मतदानका लागि तयार भएको छ । सम्भवतः नेपालको सबैभन्दा बढी उचाइमा भएको मतदान केन्द्र पनि यही नै होला”, शर्माले भने ।


उनका अनुसार यस मतदान केन्द्रमा कूल एक सय तीन मतदाता रहेका छन् । हिउँपर्ने समय भइसकेकाले उच्च हिमाली क्षेत्रमै मतदान केन्द्र तयार पारिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था गरिएको बताए

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार छ सय ८७, चामे गाउँपालिकामा सात सय ७७, नार्पाभूमि गाउँपालिकामा चार सय ६८ र नासों गाउँपालिकामा तीन हजार छ सय ४७ मतदाता रहेका छन् । प्रदेश (१)मा चामे गाउँपालिका र नासों गाउँपालिका पर्दछ । प्रदेश (१)मा दुई हजार छ सय २४ र प्रदेश (२) मा चार हजार एक सय ५५ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।