कास्की- २ : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कडेलकाे अग्रता



पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनमा ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधवप्रसाद कडेलले अग्रता लिएका छन् ।

उनले १ सय ६२ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय १० मत र राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ ।