कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता



कास्की । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि छन् । उनलाई नेकपा (एमाले)का विद्या भट्टराईले तीन हजार तीन सय ९८ मत सहित पछ्याइरहेकी छन् ।

नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले एक हजार नौ सय ७४ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार तीन सय ४७ मत ल्याएका छन् ।


त्यस्तै प्रदेशसभातर्फ कास्की–२ (१)मा एमालेका भीम कार्की तीन हजार आठ सय ३४ मतसहित अगाडि छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याइरहेका छन् ।

सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले दुई हजार एक सय आठ र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले एक हजार दुई सय ४० मत ल्याएका छन् ।