कालीकोट । कालीकोटबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । शाहीले ८ हजार ६४ मत अन्तरले एमालेका उम्मेदवारलाई हराएका हुन् । वाम–लोकतान्त्रिक गठबन्धनबा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन् ।
उनका निकटम प्रस्तिपर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १६ हजार ४१० मत पाएका छन्। निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्।