काठमाडौं –४ मा ५ हजारभन्दा बढी मतले गगन अगाडि, जित नजिक



काठमाडौँ । काठमाडौँ ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको जीत सुनिश्चित भएको छ ।

थापाले १९ हजार १४ मत ल्याउँदा नेकपा एमालेका डा. राजन भट्टराईले १३ हजार २७ पछ्याइरहेका छन् ।


त्यस्तै राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठले ३ हजार ११८ मत ल्याएका छन् भने स्वतन्त्रबाट लौरो चुनाव चिह्न पाएका अर्चनशम्शेर राणाले एकहजार १० मत पाएका छन् । 

गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र थापाको मतान्तर पाँच हजारभन्दा धेरै भएकाले थापाको जित सुनिश्चित भएको हो ।