काठमाडौँ–९ (१) मा एमालेका डङ्गोल विजयी



काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (१) सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)का हरिकृष्ण डङ्गोल विजयी भएका छन् ।

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उहाँ चार हजार चार सय ५२ मतसहित विजयी भएका हुन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पछि पारे । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गरेकी छन् ।