काठमाडौँ–३ : एमालेका राईकाे झीनाे अग्रता, पछ्याउँदै कांग्रेसका चालिसे



काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले एक हजार ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुर्गाविक्रम थापा क्षेत्रीले छ सय ४७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गणेश गिरीले दुई सय ५२ मत पाएका छन् । तीन हजार चार सय २४ मतमध्ये तीन हजार दुई सय ७१ मत सदर भएको थियो । एक सय ५३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार सम्पन्न मतदानमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको थियो ।