काठमाडौँ-१ मा एमालेलाई राप्रपा नेपालको समर्थन



काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवारी निष्क्रिय बनाएको छ । राप्रपाले काठमाडौं–१ मा नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय बनाएको जनाएको हो ।

बिहीबार एक कार्यक्रमबीच राप्रपाले काठमाडौँ–१ को प्रतिनिधिसभा र प्रदेशसभा दुवै उम्मेदवारी निष्क्रिय गरेको जनाएको हो ।


यो क्षेत्रमा प्रतिनिधि सभामा एमालेको तर्फबाट किरण पौडेल र प्रदेश सभातर्फ १ मा रामप्रसाद अमगाई र प्रदेश २ का गणेशप्रसाद दुलाल उम्मेदवार रहेका छन् ।

राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसी तथा प्रदेशसभा तर्फ १ का द्धारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको उम्मेदवारी निस्क्रिय बनाइएको हो ।

याे क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चुनावी मैदानमा छन् । नेता प्रकाशमानले आफूलाई काठमाडौं–१ को बलियो दावेदारका रुपमा प्रस्तुत गदैै आएका छन् ।