काठमाडौँ । निर्वाचन आयोगले काठमाठौँ महनगरपालिकाका मेयर बालेन साहलाई हाम्रो नेपाली पार्टीसँग आबद्वता रहे–नरहेको बारेमा स्पष्ट पार्नलाई पत्र काटेको छ ।
हाम्रो नेपाल पार्टीले मेयर साहको फोटो प्रयोग गरेको पाइएकोले पार्टीसँग कुनै आबद्धता रहे–नरहेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।
पत्रमा भनिएको छ,’यहाँको हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने उक्त दलले यहाँको तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकाले सो कार्य गर्न यहाँको कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन?’
लौरौ चुनाव चिह्न रहेको यो पार्टीले मेयर साहको सहयोग आफूहरूलाई रहेको बताउँदै आएकाले र समाजिक सञ्जालमा ’जय लौरो’ अभियानमा बालेनका तस्बिरहरू प्रयोग भएकोले दुई दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो।