कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश विजयी



काठमाडौँ । नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट आफ्नो विजयी सुरुवात गरेको छ ।

मुस्ताङमा केहिबेरअघि सम्पन्न मतगणनाबाट कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका हुन् ।


उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचनले ३ हजार ७८ मत पाएका छन् । गौचन र तुलाचनको मतान्तर ९१४ रहेको छ ।