कञ्चनपुर-३ मा रमेश लेखकको अग्रता



कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्वर ३ को मतगणना सार्वजनिक भएको छ । त्यहाँ ३०० मत गन्दा कांग्रेसका रमेश लेखकले १ सय ७२ मत पाएर सुरुवाती अग्रता लिएका छन् ।

यस्तै एमालेकी निरुदेवी पालले भने ७१ मत प्राप्त गरेर दोस्रो स्थानमा छिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले १२ मत पाएका छन् ।