कञ्चनपुर १ (२) मा कांग्रेसका विष्ट विजयी



कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं. १ को प्रदेशसभा २ मा कांग्रेसका दिवानसिंह विष्ट निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका पल्लवराज भट्टलाई ९ सय १७ मतले पराजित गर्दै विष्ट विजयी भएका हुन् । 

लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार विष्टले ८ हजार ५२० र एमालेका भट्टले ७ हजार ६०३ मतप्राप्त गरे ।


४९ हजार ४५८ मतदाता रहेको क्षेत्र नं. १ (२) मा ३१ हजार ६४२ मत खसेको यियो । जसमध्ये १५ सय मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।