कञ्चनपुर-१ बाट बिना मगरलाई पराजित गर्दै तारा लामा तामाङ निर्वाचित



कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् । तामाङले नेकपा माओवादी केन्द्रका बिना मगरलाई ४ हजार ९११ मतान्तरले पराजित गरेका हुन् ।

तामाङले २० हजार ९६९ मत पाए भने बिनाले १६ हजार ५८ मत पाए । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो ।


यसअघि विना यस क्षेत्रबाट निर्वाचित भएका थिए । बिनाले १ कांग्रेसका दिवानसिंह विष्टलाई पराजित गरेका थिए ।