कञ्चनपुरका तीन क्षेत्रमा तीन पूर्वमन्त्री अगाडि



कञ्चनपुर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका दुई र प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदावारले आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका तारा लामा तामाङ मतगणनाको सुरुवातदेखि अग्रस्थामा छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उनले दुई हजार दुई सय १७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्प्रर्धी सत्ता गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री बिना मगरले एक हजार पाँच सय ७५ मत पाएकी छन् ।


त्यसैगरी क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश साउदले अग्रता कायम गरेका छन् । यस क्षेत्रमा आठ हजार छ सय ९८ मत गणना हुँदा उनले तीन हजार चार सय ४८ मत ल्याएका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले तीन हजार दुई सय ८९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक तीन हजार ६ सय ८७ मतसहित अग्रस्थानमा छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका उनले गणना सुरु भएयता आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।

यस क्षेत्रमा १६ हजार एक सय ८७ मत गणना हुँदा लेखकले आठ हजार तीन सय ७५ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेकपा (एमाले)की निरुदेवी पालले चार हजार छ सय ८८ मत पाएका छन् ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले सात सय ९० मत पाएका छन् । यी तिने क्षेत्रको प्रदेशसभामा अहिले मतगणना भइरहेको छ ।

सन्ताननब्बे हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार नौ सय ५५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।