ओखलढुङ्गामा कांग्रेसका रामहरिको अग्रता



ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका रामहरि खतिवडाले सुरुवाती अग्रता लिएका छन् । नेकपा (एमाले)काे पकड क्षेत्र मानिने लिखु गाउँपालिकाका विभिन्न वडाको जारी मतगणनामा खतिवडा एमालेका यज्ञराज सुनुवारभन्दा अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका खतिवडाले दुई हजार २० मत प्राप्तगर्दा एमालेका सुनुवारले एक हजार ६६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका शोभा कार्कीले ५७ प्राप्त गरेका छन् । प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार र प्रदेशसभा २ मा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।