एडीबीले पाकिस्तानमा विश्वको फुटबल उत्पादन पूँजी र सेवा सुधारका लागि सहयोग गर्ने



एसियाली विकास बैंक (एडिबी) ले कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि फुटबल आपूर्ति गर्ने विश्वको फुटबल उत्पादन राजधानीका रुपमा परिचित पाकिस्तानको सियालकोट शहरमा पूर्वाधार र सेवा विस्तारमा सहयोग गर्ने भएको छ । एडीबीले मनिलाबाट शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त सियालकोटसहितका धेरै शहरमा ‘पूर्वाधार र सेवा’ विस्तार गर्न सहयोग गरिरहेको जनाएको छ ।

यदि तपाईंले कहिल्यै फुटबल खेल्नुभएको छ भने तपाईले खेलेको त्यो बल सियालकोटमा बनेको हुनसक्छ । एडीबीले भनेको छ, “बैङ्कले शहरमा भरपर्दो पानी आपूर्ति प्रदान गर्न, सरसफाइ प्रणालीमा सुधार गर्न र पहुँचयोग्य, हरित सार्वजनिक स्थानहरू विकास गर्न मद्दत पु¥याइरहेको पनि जनाएको छ ।” सियालकोट विमानस्थलका अध्यक्ष ख्वाजा मसूद अख्तरले भन्नुभयो, “हामीसँग अन्तर्राष्ट्रिय ग्राहक छन् । शहरका पूर्वाधारहरू, सडक, रेलमार्ग, विमानस्थलहरू, र सुक्खा बन्दरगाहहरूलाई चिनाउनु धेरै महत्वपूर्ण भएको छ ।