उपेन्द्र यादवभन्दा सिके राउत ३ हजार ७१ मतले अगाडि



सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता कायमै राखेका छन् ।

डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।


त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ मतका साथ तेस्रो स्थानमा छन् ।