इरानसँगको वार्तामा कुनै प्रगति भएको छैन : राष्ट्रसंघको आणविक निगरानी



संयुक्त राष्ट्रसंघ आणविक निगरानी संस्थाले बिहीबार इरानसँग तीन साइटहरूमा अघोषित आणविक सामग्रीको बारेमा छलफल भए पनि कुनै प्रगति नभएको बताएको छ । तर यो महिना तेहरानको नयाँ भ्रमणको योजना बनाइएको छ ।

अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले एएफपीलाऐ बताएअनुसार “महानिर्देशक (राफेल ग्रोसी) गम्भीर रूपमा चिन्तित छन् र अझै पनि बाँकी रहेका सुरक्षाका मुद्दाहरू स्पष्ट गर्न र समाधान खोज्ने कुरामा कुनै प्रगति हुन सकेको छैन।