अस्थायी मतदाताका लागि निर्वाचन आयोगले तोक्यो १४१ मतदान केन्द्र (सूचीसहित)



काठमाडाैँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि ७७ वटै जिल्लामा मतदान केन्द्र कायम गरेको हो ।

आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर, आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीतर्फ मतदान गर्न पाउँछन् ।


२०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्न पाउने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो ।

हेर्नुहाेस् अस्थायी मतदाताका लागि ताेकिएकाे मतदान केन्द्र