अछाम–२ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी



अछाम । अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह विजयी भएका छन् । सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एक सय १४ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएकाे छ । शाहले छ हजार आठ सय ४० मत बढी ल्याएका हुन् ।


अछाम–२ मा ७९ हजार छ सय २१ मतदाता सङ्ख्यामध्ये ४१ हजार आठ सय ८१ मत खसेको थियो ।