ओलीलाई भीम रावलको प्रश्न : ‘६७ वर्षकाे म बूढो, ७० कटिसकेका तपाई कसरी तन्नेरी हुनुभयो ?’



काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले असन्तुष्टि जनाएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत रावलले ओलीको अभिव्यक्तिलाई लिएर पाँचवटा प्रश्न गरेका छन् । साथै रावलले ओलीको अभिव्यक्तिले बदला, निषेध र द्वेषपूर्ण भाव उदांगो भएको पनि टिप्पणी गरेका छन् ।


कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष ओलीले भाषण गरिरहेका बेला भिडबाट भीम रावलको नाम उच्चारण भएको थियो । रावलको नाम सुनेपछि आक्रोशित बनेका ओलीले अब उनको पालो सकिएको बताएका थिए ।

रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ। ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ, कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’ का लागि किन मुख बाउनु भएको तर?’

त्यसपछि रावलले यस्तो लेखेका छन् ।
.