सुर्खेतको सिम्तामा मतदान पुन: सुरु



सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका(६ मा पुन मतदान सुरू भएको छ ।

आइतबार स्थगित भएको सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो ।


मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सिर्जना हुँदा मतदान स्थगित गरिएको थियो ।

निर्वाचन कार्यालयका अनुसार २ हजार ९ सय मतदाता रहेको आज यस निर्वाचन केन्द्रमा कडा सुरक्षा व्यवस्थाबीच मतदान सुरु गरिएको छ ।