समानुपातिक तर्फ एमालेले कटायो २३ लाख मत, अन्य दलले कति पाए ?



काठमाडौँ। यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा कायमै छ ।

आइतबार बिहान साढे ११ बजेसम्म्को तथ्यांक अनुसार एमालेले २३ लाख १० हजार ३३३ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख १३ हजार ५७४ मत पाएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ९ लाख ६८ हजार २५० मत ल्याएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २६ हजार ९२६ मत प्राप्त गरेको छ ।