श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार वातावरण मन्त्रीलाई उत्तरी प्रान्तमा एक हजार एकडमा सफारी पार्क स्थापना गर्न उपयुक्त जग्गा खोज्न निर्देशन दिएका छन् । श्रीलङ्काको चिडियाखानामा जनावरहरूको चाप बढेकाले तिनीहरूको व्यवस्थापनका लागि नयाँ सफारी पार्क आवश्यक रहेको उनले बताएका छन्।
उनले कोलम्बोका केही उपनगरहरूमा रहेका मृगका ठूला बथानहरूलाई पनि स्थानान्तरण गर्न आवश्यक रहेको बताएका छन्। श्रीलङ्कामा सफारी प्रस्ताव गर्ने धेरै राष्ट्रिय निकुञ्जहरू छन्। यद्यपि, रिडियागामा एक मात्र व्यवस्थित सफारी पार्क रहेको छ जुन ५०० एकडमा फैलिएको छ ।