शिव हुमागाईंसँग फराकिलो मतान्तरले पछि परे गोकुल बाँस्कोटा



काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले आफ्नो अग्रता कायमै राखेका छन् ।

नेकपा एमालेका गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईंले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार हुमागाईंले ४११५ मत पाएका छन् भने एमालेका बाँस्कोटाले २८५३ मत पाएका छन् ।


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत पाएका छन् ।