काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेलाई ३० हजार घुससहित पक्राउ गरेको छ ।
आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।
पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका थिए ।
घुससहित पक्राउ परेका पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।