ललितपुर-२ मा एमालेको अग्रता कायमै



ललितपुर । ललितपुर– २ मा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । आइतबार बिहान साढे नौ बजेसम्ममा १० हजार ८८ मतगणना भएको छ । जसमा एमालेका प्रेम बहादुर महर्जनले २ हजार ९ सय ८० मत ल्याएका छन् ।

यस्तै, हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २ हजार ४ सय ९७ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४ सय ९० मत ल्याएका छन् ।


यस्तै, सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत ल्याएका छन् । यहाँ राप्रपाका रघुवर थापाले १ हजार ४ सय २६ मत ल्याएका छन् । मतगणना जारी छ ।