रेशम चौधरीको पार्टीले खाता खोल्यो, कैलाली-३ मा गंगाराम विजयी



कैलाली । कैलाली–३ मा रेशम चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ खाता खोलेको छ । यहाँ उन्मु्त्तिका गंगाराम चौधरीले विजयी भएका छन् ।

चौधरीले जम्मा खसेको ६३ हजार ४ सय ४० मतमध्ये २३ हजार १ सय २० मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए ।


यस्तै, एमालेका पूर्वमन्त्रीसमेत रहेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे। राप्रपाका वीरेन्द्र बमले भने ७ हजार ४७ मत प्राप्त गरेका छन् ।