रूसी विदेशमन्त्री जी-२० शिखर सम्मेलनमा



रूसी विदेशमन्त्री सर्गेई लाभरोभ आइतबार जी-२० शिखर सम्मेलनमा भाग लिन इन्डोनेसियाको बाली आइपुगेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा उनी सो सम्मेलनमा उपस्थिति भएका हुन् ।

लाभरोभलाई गार्ड अफ अनरले स्वागत गरिएको थियो। तर युक्रेनमा रूसको आक्रमण र द्वन्द्वमा आणविक हतियार प्रयोग लगायतका विषयलाई लिएर भने शिखर सम्मेलनमा उनले आलोचना हुनसक्ने अनुमान गरिएको छ ।