रूपन्देही-४ : लोसपालाई सुरूवाती अग्रता



रूपन्देही । रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले नौ सय ९४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले सात सय २३, जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले चार सय ९३ र जनता समाजवादी पार्टी (जसपा)का ओमप्रकाश यादवले ३१ मत प्राप्त गरेकाे निर्वाचन कार्यालयले जनाएको छ ।


यसैगरी क्षेत्र नं ४ (१) मा प्रदेशसभा सदस्य पदका लोसपाका कन्हैया बनियाले एक हजार एक सय नौ, नेपाली कांग्रेसका अष्टभुजा पाठक चार सय ८७ र जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल चार सय ९५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ४ (२) मा नेपाली कांग्रेसका बसीउद्दीन खाले आठ सय ३३, जनमत पार्टीका अर्जुन जयसवाल चार सय ८८ र लोसपाका मोहनलाल यादवले चार सय ५० मत प्राप्त गरेका छन् ।