रुकुम पूर्वको प्रदेश ‘क’ मा माओवादीका बागी सुरुल विजयी



रुकुम पूर्व । रुकुम पूर्वको प्रदेश ‘क’ मा माओवादी केन्द्रका बागी उम्मेदवार सुरुल पुन निर्वाचित भएका छन् ।

रुकुम प्रदेश सभा क्षेत्र ‘क’मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई पराजित गर्दै बागी उम्मेदवार सुरुल विजयी भएका हुन् ।


पुनले ४४६५ मत ल्याएका छन् भने ओलीले ३९३२ मत पाएका छन् ।