युवाको आक्रोशलाई राजनीतिक दलले संवोधन गर्नुपर्छ : बाबुराम भट्टराई



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले युवाको आक्रोशलाई राजनीतिक दलले संवोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘बृहत् आमसभा’लाई सम्बोधन गर्दै उनले राजनीतिक दलप्रति युवा पङ्क्तिमा आक्रोश देखिएकाले यसलाई राजनीतिक दलले संवोधन गर्नुपर्ने बताएका हुन् ।

“संविधान निर्माणपछि युवामा धेरै आकाङ्क्षा थियो, त्यो आकाङ्क्षालाई राजनीतिक दलले पूरा गर्न सकेनन्, अहिले युवामा आक्रोश देखिएको छ”, उनले भने । पूर्वप्रधानमन्त्री डा भट्टराईले गठबन्धनले बेरोजगारको अन्त्य गर्दै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताए ।