मोरङ–६ मा शेखर कोइरालाकाे अग्रता, पछ्याउँदै लालबाबु पण्डित



मोरङ । मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले सात सय २१ मत ल्याएका छन् ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले आज साँझ ७ः४५ बजे सार्वजनिक गरेकाे नतिजा अनुसार एक हजार छ सय ७४ मतगणनामा नेकपा एमालेका लालबाबु पण्डितले पाँच सय ३४ र राप्रपाका गोपाल क्षेत्री कटुवालले एक सय एक मत प्राप्त गरेका छन् ।


यसैगरी क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ नेकपा एमालेकी रिना न्यौपानेले छ सय ६२, नेकपा माओवादी केन्द्रका जीवन आचार्यले पाँच सय ५७ र राप्रपाका हिरा भट्टराईले तीन सय चार मत ल्याएका छन् ।