मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका नाम्डु गुरुङ विजयी



मुस्ताङ । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् ।

गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याएका थिए । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।