![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् ।
सप्तरीको महदेवा गाउँपालिका–६ मा आज पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारले मधेसमा लगानी गर्न भेदभाव गरिरहेको आरोप लगाउँदै यहाँ ठूलाठूला कलकारखाना खोलेमा मात्र विकास हुने बताए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
मधेसबाटै करिब ७० प्रतिशत कर नेपाल सरकारलाई जाने गरेको दाबी गर्दै उनले तराई मधेसमा गरिबी, बेरोजगारी, स्वास्थ्य, शिक्षाको समस्या बढ्दै गएको बताए ।
किसानका लागि विद्युतीकरणबाट भए पनि सरकारले सिँचाइ सुविधा गराउनुपर्छ भन्दै अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास हुनुपर्ने उनले जिकिर गरे ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)