मधेसमा दुई जिल्लाका तीन क्षेत्रमा मतगणना जारी



धनुषा । मधेस प्रदेशका आठ जिल्लामध्ये अहिलेसम्म दुई जिल्लाका तीन क्षेत्रको मतगणना भइरहेको छ । अहिले धनुषाको प्रतिनिधिसभा क्षेत्र नं ३ र सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ र २ मा मात्रै मतगणना सुरु भएको छ ।

दुई स्थानमा बिहानैदेखि मतगणना भए पनि सप्तरी १ मा भने केहीबेरअघि मात्रै मतगणना सुरु भएको निर्वाचन क्षेत्र नं १ को कार्यालय सप्तरीका निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा मतगणना भइरहेको छ ।


यी क्षेत्रबाहेक सिरहा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीका अधिकांश क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको स्थानीय समाचारदाताले जनाएका छन् ।