मोरङ । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा सहलेस युथ क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ ।
डाँगीहाट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शनबीच पनि क्यामरुनको एभिनियर फुटबल क्लब सिरहासँग पराजित भएर खेलबाट बाहिरिएको हो । सहलेस युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि क्यामरुन गोल्डकपबाट बिदा लिएको छ ।
विदेशी पाहुना टोली क्यामरुनमाथि हाबी भएको सिरहाको जीतमा दुवै गोल जर्सि नं ७ का फोडे फोफोनाले गरेका थिए । क्यामरुनलाई पन्छाउँदै सिरहाका तर्फबाट फोडेले ७ र ६७औँ मिनेटमा गोल गरेर आफ्नो टोलीको खेल गरिमालाई जोगाएका हुन् ।
पहिलो हाफको अतिरिक्त समयको थप तीन मिनेटमा जर्सी नं ७ का सोङ्गले गोल गर्दै क्यामरुन खेलमा फर्किएर सिरहासँग बराबर हुन पुगेको थियो । जीत आफ्नो पक्षमा पारेर खेलमा साख जोगाउनका लागि दोस्रो गोल भने सिरहाको मध्यान्तरपछि मात्रै सम्भव भएको थियो । ६८औँ मिनेटमा सिरहाले अर्को गोल थप्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । अन्तिम समयको प्रतिस्पर्धामा सिरहाले गोल लगाएका कारण माध्यान्तर पछिको खेल अझै रोचक बनेको थियो । डी–बक्सभित्र क्यामरुनका एनिसको हातमा बलले लागेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै फोडेले दोस्रो गोल गरेर आफ्नो टोलीको पक्षमा नतिजा निकालेका थिए ।
एक्लै दुई गोल गर्न सफल भएका सिरहा क्लबका फोडे सबै खेलप्रेमी दर्शकसामु प्रिय बने । सिरहाको तुलनामा क्यामरुमले धेरै गोल गर्ने अवसर पाए पनि खेलाडी बीचको तालमेल र समयको सदुपयोग गर्न नसक्दा नजिताबाट पछि हट्नुप¥यो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले भरिपूर्ण तथा दर्शक श्रोताको हुटिङसहितको बाक्लो उपस्थितिमा भएको खेलको ‘म्यान अफ दी म्याच’ सिरहाका पेपे घोषित भए । उनले नगद रु पाँच हजार पुरस्कार र ट्रफी हात पारे ।